Advertisement

फाइजर खोप बालबालिकाका लागि नेपालमा अनुमति

0 587

Advertisement

२७ भदौ, काठमाडौँ । औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।

विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए ।

महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूहमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो ।

कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा फाइजर खोप आइपुग्ने सरकारले जनाएको छ ।

हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.