Advertisement

न्वागी (छोनाम) मनाउँदै चेपाङ

0 499

Advertisement

२२ भदाै, मुग्लिन । चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व मनाइँदै छ । चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी विगत वर्षमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिङ चेपाङका अनुसार चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते यो पर्व मनाउँदै आएको छ ।

चेपाङ समुदायले धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा न्वागी पर्व मनाउने गरेको उहाँले बताउनुभयो । महासचिव आइतसिङका अनुसार चेपाङ समुदायमा नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गरी नयाँ अन्न र फलफूलहरू चढाएर मात्रै आफूले खाने चलन छ । पितृलाई नचढाई खाएमा रोगव्याधि लाग्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । सो दिन उनीहरूले कुखुराको बलिसमेत दिने गर्छन् ।

न्वागीका दिन चेपाङ झाँक्री पान्देहरूले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाच र गीत प्रस्तुत गर्ने गर्दछन् । रातभर दोहोरी गाउने केटाकेटी चिनजान गर्ने र मन मिले सोही रात भगाएर विवाह गर्ने प्रचलनसमेत रहँदै आएको उहाँले बताउनुभयो ।

विसं २०६३ देखि चेपाङ समुदायले नेपाल चेपाङ सङ्घको आयोजनामा यो पर्व सामूहिकरूपमा मनाउँदै आएको हो । त्यसअघि चेपाङ समुदायले परापूर्वकालदेखि नै टोलटोलमा जम्मा भएर यो पर्व मनाउँदै आएका थिए । सङ्घले चेपाङ समुदायको बसोबास गर्ने जिल्ला र पालिकामा हरेक वर्ष आलोपालो गरी कार्यक्रम आयोजना गर्दै आएका छन् ।

उहाँका अनुसार यस वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुरमा सामूहिक कार्यक्रम आयोजना गरिने भएको छ । चैनपुरमा उपस्थित हुन नसक्नेहरूले गाउँ टोलमै विधिपूर्वक न्वागी मनाउनेछन् । नेपालको २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको सङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३९९ रहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.