Advertisement

अफगानिस्तान: तालिबानले काबुलमा बिथोल्यो महिला अधिकारका लागि आयोजित प्रदर्शन, पन्जशिर उपत्यकामा सङ्घर्ष ‘जारी’

0 922

Advertisement

२१ भदाै, बीबीसी । तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएपछि आफ्नो अधिकारका लागि देशको राजधानीमा दर्जनौँ महिलाहरूले आयोजना गरेको एउटा प्रदर्शनलाई तालिबान अधिकारीहरूले बिथोलिदिएका छन्।

काबुलमा राष्ट्रपति भवनतर्फ अघि बढ्न लागेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पेपर स्प्रे प्रहार गरेको बताएका छन्।

अफगानिस्तानको तोलो न्यूजका अनुसार तालिबानले उक्त प्रदर्शन नियन्त्रणबाहिर गएको बताएको छ।

काबुलसहित अफगानिस्तानको हेरात सहरमा महिलाहरूले प्रदर्शनहरू गर्दै आएका छन्।

प्रदर्शनकारीहरूले महिलालाई घरबाहिर काम गर्न दिइनुपर्ने तथा सरकारमा सहभागी गराइनुपर्ने माग राखेका थिए।

सेप्टेम्बर ४ मा काबुलमा विरोधप्रदर्शन गर्दै महिलाहरू
अफगान महिलाले सरकारमा सहभागिताको माग उठाएका छन्

तालिबानले महिलालाई मन्त्री बनाउला त?

केही दिनभित्रै सरकार गठनको तयारी भइरहेको बेला सरकारमा महिलालाई सहभागी गराउनुपर्ने माग उठेको हो।

तालिबानले महिलाहरू सरकारमा सहभागी हुनसक्ने तर मन्त्री पद दिन नसकिने बताएको छ।

अफगानिस्तानमा धेरै महिलाले यसअघि सन् १९९६ देखि २००१ अवधिको तालिबान शासनकालमा जस्तै महिलासँग असमान व्यवहार हुने चिन्ता व्यक्त गरेका छन्।

यसअघिको तालिबान शासनमा महिलाहरूलाई घरबाहिर निस्किँदा अनुहार ढाक्न अनिवार्य गरिएको थियो भने सामान्य कसुरमा पनि कडा सजाय दिइने गरिएको थियो।

“पच्चीस वर्षअघि तालिबान आउँदा उनीहरूले मलाई विद्यालय जान दिएका थिएनन् ,” पत्रकार अजिता नाजिमीले तोलो न्यूजसँग भनिन्।

“उनीहरूको पाँचवर्षे शासनपछि मैले २५ वर्ष पढेँ र मेहनतका साथ काम गरेँ। हाम्रो भविष्य राम्रो बनाउनका लागि पनि अब यस्तो हुन दिनुहुँदैन,” उनी भन्छिन्।

रोएटर्स समाचारसंस्थाले सोराया नाम गरेकी एक प्रदर्शनकारीलाई उद्धृत गर्दै तालिबानले महिलाहरूलाई बन्दुकको म्यागझिले टाउकामा रगताम्मे हुनेगरी हानेको जनाएको छ।

पन्जशिरमा लडाइँ जारी

काबुलबाट उत्तरतिर रहेको पन्जशिर उपत्यकालाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने र तालिबान र प्रतिरोधी समूहबीच भिडन्त जारी रहेको बताइएको छ।

पन्जशिर तालिबानको नियन्त्रणमा नरहेको एक मात्र प्रान्त हो।

तालिबानले थप दुई जिल्ला आफ्नो नियन्त्रणमा आइसकेको र उक्त प्रान्तको केन्द्रतर्फ आफ्नो फौज अघि बढेको दाबी गरेको छ।

तर पन्जशिर उपत्यकाको तालिबानको प्रतिरोधी समूह न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ)का प्रवक्ताले ठूलो भिडन्त जारी रहेको र आफूहरूले हजारौँ तालिबान लडाकुलाई घेराबन्दीमा पारेको बताएका छन्।

करिब डेढदेखि दुई लाख जनसङ्ख्या भएको उक्त उपत्यका यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि उनीहरूको नियन्त्रणमा गएको थिएन।

हेरात सहरमा महिलाहरूको प्रदर्शनमा समर्थन जनाउँदै एनआरफका नेता अहमद मसूदले पन्जशिरले निरन्तर प्रतिरोध जारी राख्ने बताएका छन्।

पन्जशिर उपत्यकाको नक्सा

काबुल विमानस्थलबाट उडान सुरु हुने

अमेरिकी सेना फिर्ता भएपछि बन्द रहेको काबुल विमानस्थलबाट उडान पुन: सञ्चालन हुने सङ्केत देखिएको छ।

अफगानिस्तानको एरियाना विमान कम्पनीले हेरात, मजार-ए-शरिफ र कान्दहारमा उडान गर्ने घोषणा गरेको छ।

सहायता सामग्री ल्याउनका लागि कतारी प्राविधिक टोली विमानस्थल फेरि खोल्न सफल भएको कतारी राजदूतलाई उद्धृत गर्दै अल-जजिराले जनाएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन आइतवार कतार भ्रमणमा जान लागेका छन्।

तर त्यहाँ उनले तालिबानका कसैलाई भेट्ने कार्यसूची नरहेको बताइएको छ। कतार अफगानिस्तानमा मध्यस्थताको भूमिका खेलिरहेको देश हो।

पाकिस्तानको गुप्तचर संस्था आईएसएसका प्रमुख जेनरल फैज हमीद काबुल पुगेका छन्। तर उनले पत्रकारले सोधेको प्रश्नको कुनै उत्तर दिएनन्।

पश्चिमा देशहरूले आईएसएसले तालिबानलाई सघाएको आरोप लगाउने गरेका छन्। तर पाकिस्तानले त्यसको खण्डन गर्ने गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.