Advertisement

दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकता दिइ कार्य गर्न निर्देशन

0 989

Advertisement

१३ भदौ, काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकपछि सभापति तारादेवी भट्टले विषयगत मन्त्रालयले दिगो विकास लक्ष्यबारे गरेको प्रगति, चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्नुपर्ने जरुरी देखिएकोे बताउनुभयो ।

बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै तीनवटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्यप्राप्तितर्फ पहल गर्ने निर्णय गरेको छ ।

संसद् र प्रदेशको भूमिका प्रभावकारी बनाउन समितिले पहल र समन्वय गर्दै प्रदेशका एसडिजी च्याम्पियनमा मानिसमार्फत दिगो विकास लक्ष्यलाई बढीभन्दा बढी स्थानीयकरण गर्न सहयोग गर्ने तथा बन्दाबन्दीले गर्दा असर परेको धुलिखेल घोषणापत्र (दिगो विकास लक्ष्यप्रति संसद्को प्रतिबद्धतापत्र) को पुनःकार्यान्वयन गर्ने बैठकले प्रतिबद्धता व्यक्त गरेको छ ।

समिति सदस्य वामदेव गौतम, दीनानाथ शर्मा, मायाप्रसाद शर्मा र गङ्गाकुमारी बेल्वासेले विभिन्न समयमा समितिले दिएका निर्देशनको अनुगनमसँगै समितिलाई गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । संविधानसभा सदस्य जनकराज जोशीले ‘दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सांसदको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कानूनी, संरचनागत, व्यवस्थापकीय, आर्थिक र सूचना तथा सञ्चारको चुनौती र सीमाका कारण दिगो विकास लक्ष्यले गति लिन नसकेको टिप्पणी गर्नुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.