Advertisement

नेपाल विद्युत प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा कम्प्यूटर अधिकृत संजिव श्रेष्ठ लगायत १५ कर्मचारी र ९ कार्यालय सम्मानित

0 1,118

Advertisement

०२ भदौ, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा कम्प्युटर अधिकृत संजिव श्रेष्ठ लगायत १५ कर्मचारी तथा ९ जलविद्युत तथा वितरण केन्द्रलाई सम्मान गरेको छ । संस्था सुधार, व्यवस्थापन तथा चुहावट नियन्त्रणमा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

प्राधिकरणको मंगलबार सम्पन्न ३६ औं वार्षिकोत्सव कार्यक्रममा आर्थिक वर्ष २०७७÷७८ मा उत्कृष्ट कार्य गरेको आधारमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने १५ कर्मचारीलाई नगद २५ हजार र सम्मान पत्र तथा संस्थालाई कदरपत्र उपयुक्त समय मिलाएर प्रदान गरिनेछ ।

सम्मानित हुने कर्मचारीमा दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको उपनिर्देशक सिताराम पखाछे, आयोजना लेखा महाशाखाका नवराज बस्नेत, प्रसारण निर्देशनालयका सर्भे अधिकृत युवराज कार्की, मर्याङदी जलविद्युत केन्द्रका इन्जिनियर दिपेन्द्र कुमार गुप्ता, जनकपुर वितरण केन्द्रका इन्जिनियर प्रविन कुमार मिश्र, सिम्रौणगढ वितरण केन्द्रका इन्जिनियर दया भन्सारी रहेका छन् ।

यस्तै, आर्थिक विश्लेषण विभागका सहायक कम्प्युटर अधिकृत संजिव श्रेष्ठ, सुन्दरीजल वितरण केन्द्र प्रमुख टंकनाथ पौडेल, ऊर्जा मन्त्रालयका योजना तथा प्राविधिक सेवाका सुपरभाइुजर एक बहादुर महर्जन, दोलखा वितरण केन्द्रका सिनियर मिटर रिडर सन्तोष कुमार यादव, विराटनगर वितरण केन्द्रका फोरम्यान दिव्य प्रकाश प्रसाद खतिवडा, कालीकोट वितरण केन्द्रका फोरम्यान जय प्रकाश पाण्डे रहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.