दार्चुला घटना र भारतीय शासकको हस्तक्षेपविरुद्ध विप्लव समूहको विरोध प्रदर्शन
१८ श्रावण, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले दार्चुलाको घटना र भारतीय शासकको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी र्याली सहित विरोध सभा गरेको छ ।
सोमबार सुन्धारामा भेला भएर शान्तिवाटिकामा पुगेको र्याली सभामा परिणत भएको थियो ।
भारतीय प्रहरी सुरक्षा बल (एसएसबी) ले दार्चुलाका जयसिंह धामी चढेको तुइन काँटिदिएका थिए । त्यसपछि तुइनबाट महाकालीको भेलमा खसेका धामी अझैँसम्म बेपत्ता छन् ।
भारतीय एसएसबीले भने उक्त घट्ना आफूले नघटाएको स्पष्टीकरण दिएको छ भने गृहमन्त्रायले भने यससम्बन्धी छानविन समिति गठन गरेको छ ।