विवाद समाधानबाट चुकेपछि एन्फा प्रवक्ताबाट राईको राजीनामा – ‘फुटबल बचाउन अर्लि इलेक्सनको विकल्प छैन’

0 774

१८ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य किरण राईले नेपाली फुटबल क्षेत्रमा पछिल्लो समय देखिएका बिबादलाई टुङ्ग्याएर फुटबल विकासतर्फ लाग्न आह्वान गरेका छन् । राईले आज मात्रै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजिनामा पत्र बुझाउँदै एन्फा प्रवक्ताको पदबाट राजिनामा दिएका दिए । त्यो सिलसिलाले आइतबार पनि निरन्तरता पाउँदै आएको छ । एन्फाका हरेक निर्णयको बचाउ गर्दै आएका किरण राईले प्रवक्ताबाट राजीनामा दिएका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीको विवाद चर्किपछि त्यसको असर राईमा पनि परेको प्रष्ट देखिन्छ । अलमुतायरीसँग वरिष्ठ उपाध्यक्ष र दुई सञ्चारकर्मीको विवाद लम्बिदै जाँदा उत्पन्न घटना क्रमबाट राईले आफूलाई अलग राख्ने प्रयास स्वरुप राजीनामा दिएको देखिन्छ ।

पछिल्लो विवाद आफै समाधान गर्नबाट चुकेको एन्फाले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरको थियो । त्यसमा राईको सन्तुष्ट छैनन् । उनी समेत सम्मलित एन्फा केन्द्रिय कार्यसमितिको आपतकालीन बैठकले छानबिनका लागि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरको थियो । तर, राईले त्यसमा फरक मत राखेका छन् । एन्फाले नै आन्तरिक रुपमा विवाद समाधान गर्नुपर्ने उनको तर्क छ । फुटबल विवादमा तेस्रो पक्षलाई प्रवेश गराउन नहुने पक्षमा आफू रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा राईले बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङको उपस्थितिमा राईले राजीनामा पत्र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई बुझाएका थिए । त्यसपछि पत्रकार सम्मेलन गर्दै राईले आफ्नो धारणा सार्वजनिक गरेका थिए । एन्फा केन्द्रिय समिति सदस्य राईले प्रवक्ताबाट मात्र राजीनमा दिएका हुन् ।
राईले प्रवक्ताको जिम्मेवारीमा रहँदै एन्फाले गरेका निर्णयको विरोध गर्न नमिल्ने भएकाले राजीनामा दिएको बताए । उनले भने,‘ एन्फामा देखिएको विवाद समाधानका लागि सक्दो मिहिनेत गर्दा पनि सफल हुन सकेनौं । विवादको विषय सामान्य भए पनि एन्फाकै कमजोरीको कारण समाधानमा हुन सकेन ।

एन्फा कम्प्लेक्समै आयोजित पत्रकार सम्मेलनमा राईले विवाद समाधानका लागि मन्त्रालयलाई जिम्मा दिनु आफूहरूको कमजोरी रहेको सुनाउँदै एन्फा चुकेकै कारण अहिलेको अवस्था सृजना भएको हो । उनले आफू एन्फा भित्र कसैको पक्ष र विपक्षमा नभई फुटबलको पक्षमा रहने पनि बताएका थिए ।

दुई सञ्चारकर्मीसँगको विवादबाट अहिले एन्फामा उग्र रुप लिएको छ । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयाका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य किरण राईले नेपाली फुटबल क्षेत्रमा पछिल्लो समय देखिएका बिबादलाई टुङ्ग्याएर फुटबल विकासतर्फ लाग्न आह्वान गरेका छन् ।

राईले आज मात्रै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजिनामा पत्र बुझाउँदै एन्फा प्रवक्ताको पदबाट राजिनामा दिएका दिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.