Advertisement

NRNA पाेर्चुगलका उम्मेदवारहरुलाई प्रश्न , तपाईलाई नै भाेट किन ?

0 2,106

Advertisement

याेगेन्द्र खरेल

१२
साउन, लिस्वाेन पाेर्चुगल । प्रदेशमा रहेका नेपालीहरुकाे हकहितका लागि स्थापना गरिएको समग्र आप्रवासी नेपालीहरुकाे साझा संस्था हाे । आप्रवासी नेपाली संघ । तर गलत पात्र र उनिहरुकाे गलत आचरण तथा प्रबृत्तिकाे कारण NRNA निकै बिबादास्पद र अलाेकप्रिय बन्दै गईरहेकाे छ । यस संस्थाकाे नाम सुन्याे कि अधिकांश मानिसहरु ठग दलालहरुकाे अड्डा भन्ने बुझ्न थालिसकेका छन । विश्वका प्राय जसाे मुलुकमा रहेका NRNA निकै विवादित छन । प्रायःजसाे देशमा रहेका NRNA ले आर्थिक हिनामिनाकाे आराेप खेपिरहेका छन । भने स्वयंम NRNA पदाधिकारीहरुमा नै निरन्तर ठग दलाल प्रबृत्ति हावि भइरहेकाे भन्ने जबर्जस्त आराेप लाग्ने गरेकाे छ। यसरी रक्षकहरु नै भक्षक भएपछि कसरी NRNA प्रतिकाे विश्वसनियता बढ्दै जाला त ।

अहिले NRNA स्थापना भएका अधिकांश देशहरुमा चुनावी माहाेल तातिरहेको छ । केही ठाउमा चुनावी मैदान युध्द मैदानमा परिणत भइरहेकाे छ । मतदाताकाे अभिमत स्विकार्न नसकेर गुण्डागर्दिकाे शैलिमा जित हाता पार्न प्रयास गर्ने व्यक्तिले के NRNA काे साख बचाइराख्न सक्लान त ? युराेप तथा अमेरिका जस्ता सभ्यता सम्पन्न मुलुकमा रहेका नेपालीहरुकाे दरिद्र र अमानवीय शैली देखेर सायद लाज पनि आफै लजाउन थालेकाे छ हाेला । तर ती NRNA नामक हिंस्रक समुहहरुलाइ न त लाज छ न त सरम । हुन त बिदेशमा रहेका पैसावालाहरुकाे लाज सरम इज्जत बेईज्जत सबै पैसाले छाेप्दाे रहेछ ।

अब कुरा गराै NRNA पाेर्चुगलकाे पाेर्चुगलमा कसैलाई गाली खान मन छ भने, यहाँ रहेका सामाजिक ग्रुपहरुमा NRNA काे प्रशंसा गर्दै एक पाेस्ट लेखे पुग्छ । यदि यस्ताे पाेस्ट लेख्याै भने नेपाली शब्दकाेषमा समेत नअटाएका असभ्य तथा अश्लील शब्दहरुकाे गालि मज्जाले खान पाईन्छ। यसरी गालि गर्नेहरु कुनै संगठित समुहका मानिसहरु हाेईनन यिनिहरु त केबल NRNA पाेर्चुगल र यसका पदाधिकारीहरुका प्रबृत्तिबाट वाक्क दिक्क प्याक्क भएका आप्रवासीहरु नेपालीहरु हुन । उनिहरुकाे उक्त संस्था प्रति कति बितिष्णा छ भन्ने कुराकाे याे ज्वलन्त उदाहरण हाे । उनिहरुले प्रयाेग गर्ने शब्द र शिष्टता पटक्कै ठिक हाेईन तर सबैकाे प्रिय हुनुपर्ने संस्थाप्रति नै मानिसहरु किन यति धेरै बितिष्ण छन भन्ने महत्त्वपूर्ण प्रश्न हाे ?

पाेर्चुगलमा बस्ने अधिकांश नेपालीहरुले NRNA पाेर्चुगललाई बिश्वास गर्दैनन, यसकाे मुख्य कारण NRNA पाेर्चुगलले गर्ने गरेकाे करिब करिब शुन्य कार्यसम्पादन र NRNA पदाधिकारीहरुका आचरण नै हाे । NRNA पाेर्चुगलकाे बारे राम्रो समाचारहरु खासै सुन्न पाइदैन, NRNA पदाधिकारीहरुकाे भट्टिमा हुने झैझगडा हात हालाहाल, आर्थिक अनियमितता, ठगी, दलालि यी र यस्तै समाचारहरु सुन्न पाईन्छ NRNA पाेर्चुगलकाे बारे । अनि कसरि बिश्वास गर्नु त NRNA पाेर्चुगल लाई ? पाेर्चुगलमा विभिन्न दुख पीडामा रहेका नेपालीहरुकाे सारथि बन्नुपर्ने NRNA उनिहरुकै बितिष्णाकाे केन्द्र बनेकाे छ । जन्म दिनकाे शुभकामना दिने र मृत्युुमा श्रद्धाञ्जली दिने बाहेक अरु राम्रो काम केही गर्दैन NRNA पाेर्चुगलले भन्ने गरेकाे पाइन्छ । अरु जे जे भए पनि बिभिन्न कारणले मृत्युु हुनुभएका नेपालीहरुकाे शब व्यवस्थापनमा NRNA पाेर्चुगलले गरेकाे काम चाहिँ सन्तोषजनक नै छ, दुख पर्दा काम नलागे पनि मर्दा चाहिँ काम लागेेकाे छ NRNA पाेर्चुगल । यसका नराम्रो कामहरु चाहिँ भनी साध्य छैन, लेेखि साध्य छैन ।

पाेर्चुगलमा रहेका अधिकांश नेपालीहरुले चासाे नदिएकाे NRNA पाेर्चुगल आफ्नो अधिबेशनकाे नजिक नजिक छ । यहाँ रहेका अधिकांश नेपालीहरुले यसलाई कुनै चासोको बिषयकाे रुपमा लिएका छैनन । तर निकै साँघुरो घेरा भित्र चुनावी माहाेल तातिरहेकाे छ NRNA पाेर्चुगलकाे ।

यकिन कति संख्यामा नेपालिहरुकाे बसाेबास छ त भन्ने बारेमा कुनै तथ्यांक छैन यहाका आधिकारिक संस्थाहरुमा । करिब ३५/४० हजारकाे हाराहारीमा नेपाली हुनसक्ने अनुमान गरिन्छ यहाँ । यति धेरै संख्यामा नेपालीहरु रहेकाे पाेर्चुगलमा, NRNA सदस्यता लिने हरुकाे संख्या निकै न्यून छ । मानिसहरु सदस्यता लिन समेत गाह्रो मान्ने परिस्थिति छ पाेर्चुगलमा ।

निकै साँघुरो घेरा भित्र सिमित रहेकाे NRNA पाेर्चुगलकाे निर्वाचन यहि जुलाई ३१ तारिख मा हुँदै छ । उम्मेदवारहरु बिच पदकाे लेनदेन मिलेन भने सायद ताेकिएकाे दिन ताेकिए कै समयमा निर्वाचन हुन्छ हाेला । अहिले उम्मेदवारी घाेषणा संगै सामाजिक संन्जाल मार्फत भाेट माग्ने काम शुरु गरिसकेका छन उम्मेदवारहरु । उम्मेदवारहरुकाे अनुहार हेर्याै भने प्राय पुरानै अनुहार हरु देखिन्छ । प्रायःजसो पाेर्चुगलमा सक्रिय रहेका कुनै न कुनै सस्थामा आबद्ध भएर पद लिएका तर कार्यसम्पादन सन्ताेषजनक नभएका अनुहारहरु नै देखिन्छ अहिलेकाे NRNA काे उम्मेदवारहरुमा । उनिहरु कुन कुन संस्थाकाे कुन कुन पदमा बसे र उनिहरुले के राम्रो काम गरेबापत अब NRNA मा भाेट हाल्नुपर्ने त भन्ने बारे केही खुलाउन चाहेका छैनन अहिलेसम्म ।

हामी कुनै संस्थामा पदिय जिम्मेवारी लिन्छाै र त्यसकाे उचित कार्यसम्पादन गर्न सक्दैनौं भने हामी फेलर नै हुन्छाै । उम्मेदवारहरु भाेट माग्दै गर्दा, के काे लागि उनिहरुलाई भाेट दिने त ? भन्ने प्रश्नको जवाफ दिएका छैनन । अब छिट्टै उनिहरुले प्रतिबद्धता प्रत्र तयार पार्लान र सार्वजनिक गर्लान तर त्याे प्रतिबद्धता पूरा गर्ने आधारहरु कसरी प्रस्तुत गर्ने हुन त्याे हेर्न बाकि नै छ । उनिहरुका प्रतिबद्धता पत्रलाई बिश्वास गर्ने कि नगर्ने भन्ने कुराकाे मापन भनेकाे , उनिहरु याे भन्दा अगाडि कुन संस्थाकाे कुन पदमा थिए तर उक्त पदमा रहेपछि बधाई खाने र खादा लगाउने बाहेक अरु के काम गरे त ? भन्ने हेर्नुपर्ने हुन्छ ।

पाेर्चुगलका अधिकांश संस्थाहरुका कार्यसम्पादन हेर्ने हाे भने राम्रो कार्यसम्पादन लगभग लगभग शुन्य नै छ । अब तिनै संस्थाहरुमा रहेका ब्यक्तिहरु आएपछि NRNA काे कार्यसम्पादनमा सुधार आउनेछ भन्ने कसरी बिश्वास गर्ने त ?

अब प्रत्येक उम्मेदवारहरुले मलाई नै भाेट किन ? भन्ने प्रश्नको जवाफ सार्वजनिक गर्नुपर्दछ । कुन पदमा रहेर ,कुन चाहिँ राम्रो काम गर्नुभयो र अब तपाईंलाई बिश्वास गर्ने त ? भन्ने प्रश्न आम मतदाताहरुले गर्नुपर्ने हुन्छ । हुन त कसले कसलाई प्रश्न गर्ने , उनै उम्मेदवार कै वरिपरिरहेका नातागाेता नै छन अधिकांश मतदाताहरु । चुनावकाे दिन गयाे आफन्त लाई च्याप्प भाेट हान्याे फर्क्याे टन्टै साफ ।

जय देश जय नेपाल

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.