Advertisement

सभापतिमा एक जनाले मात्रै उम्मेद्धवारी दिने, देउवाविरुद्ध एक भएर उभिने पौडेल पक्षको निश्कर्ष

0 339

Advertisement

१२ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक सम्पन्न भएको छ। पार्टीको १४औं महाधिवेशन नजिकिएसँगै पौडेलले अब कसरी जाने ? भन्नेबारे रणनीति बनाउनको लागि छलफल गरेको हो । वसन्धुरास्थित् दियालो फूडल्याण्डमा भएको छलफलमा नेताहरुले आगामी महाधिवेशनबाट आफ्नो पक्षबाट एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

नेता पौडेलले भने महाधिवेशन सफल रुपमा सम्पन्न गर्नको लागि आ आफ्नो ठाउँबाट सहयोग पुर्याउने बताएका थिए । तर, सभापति शेरबहादुर देउवाले क्रियाशिल सदस्यता वितरण गर्दा फर्जी र धाँधली गरेको उनको आरोप थियो । उनले सभापतिलाई कुनैपनि हालतमा पार्टी कब्जा गर्न नदिने भन्दै त्यसको लागि सबै नेता एक भएर अघि बढ्ने कुरा राखेका थिए ।

त्यस्तै, आजको छलफलमा आगामी महाधिवेशनमा नेतृत्वमा को को उठ्ने ? भन्नेबारे पनि चर्चा चलेको थियो । वरिष्ठ नेता पौडेलले आफू सभापतिको स्वभाविक उम्मेद्धवार भएको भन्दै सबैले साथ दिनुपर्ने धारणा राखेका थिए । युवा नेताहरुले भने सभापतिमा सहमतिकै आधारमा एक जनाले मात्रै उम्मेद्धवारी दिनुपर्ने धारणा राखेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.