Advertisement

युरोकप फुटबल : आजदेखि नकआउट चरणका खेल हुँदै

0 302

Advertisement

१२ असार, एजेन्सी । १६ औ संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुदैँछ । बुधबारराति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएसँगै आजबाट नकआउट चरणका खेल सुरु हुने भएको हो ।

नकआउट चरणको खेलमा पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह ‘बी’ को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।

त्यस्तै, इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.