Advertisement

मैत्रीपूर्ण खेलमा पोर्चुगल विजयी

0 925

Advertisement

२७ जेठ, एजेन्सी । युरोकपको सुरुवात हुन पूर्व आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा पोर्चुगलले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।


पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई गोल गरे । यस्तै क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक एक गोल गरे ।

खेलको ४२ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ८६ औं मिनेटमा जोआले गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४-० को जित दिलाए ।

साविक विजेता समेत रहेको पोर्चुगल यस पटक कठिन समूहमा रहेको छ । पोर्चुगल रहेको समूह ‘एफ’ मा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ । पोर्चुगलले पहिलो खेल हंगेरीसँग खेल्नेछ । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.