Advertisement

बंगलादेशले भारतसँगको सिमानाका जुन १४ सम्म बन्दगर्ने निर्णय

0 890

Advertisement

१७ जेष्ठ, एजेन्सी । बंगलादेशले भारतसँगको सिमानाका जुन १४ सम्म बन्दगर्ने भएको छ ।

बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म बिस्तार गर्ने निर्णय गरेको हो ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ बृद्धि भएको समय बङ्गलादेशको भारतसँगको स्थल सीमालाई अप्रिल २६ देखि बन्द गरिएको थियो भने सीमा क्षेत्रमा यात्रा प्रतिबन्धको अन्तिम मिति मे ३१ सम्मका लागि जारी गरिएको थियो।

शनिबार बङ्गलादेशका परराष्ट्र सचिवको अध्यक्षतामा बसेको बैठकले भारतसँगको सीमा बन्द गर्ने निर्णयलाई बिस्तार गर्ने भएको बताइएको छ।

सरकारले भाइरसको फैलावट रोक्न भारतसँग जोडिएका अन्य दुई सीमाविन्दु मार्फत् हुने दुई थप स्थल मार्गलाई पनि यात्रा बन्द गर्ने निर्णय गरेको छ।

नाका क्षेत्रमा सङ्क्रमण दर अझै नियन्त्रणउन्मुख नरहेको भन्दै अतिआवश्यक बाहेकका काममा सीमाना मार्फत् यात्रुलाई आवतजावत गराउन निषेध गरिएको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.