ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक: माधव समुहका थप नेतामाथि कार्बाही र बजेटबारे समिक्षा हुने
१६ जेठ, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी समितिको बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकले स्पष्टीकरण सोधिएका माधव पक्षका नेतामाथि कार्बाहीको बारेमा निर्णय हुन सक्ने बताईएको छ ।
यस अघि झलनाथ खनाल माधव नेपाल सहित ११ नेतालाई स्थायी समितिले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।
थप स्पष्टीकरण मागिएका १२ जना नेतामाथि कार्बाहीको बारेमा निर्णय हुन सक्ने संभावना रहेको छ भने सुदुर पश्चिम प्रदेशमा स्थायी समितिले सरकारलाई दिएको समर्थन फिर्ता लिने भने पनि माधव पक्ष हावी रहेकाले उल्टै सरकारमा थप मन्त्री बनेको विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।
यस्तै बजेटको समिक्षा पनि आजको बैठकमा हुने बताईएको छ ।