Advertisement

जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

0 815

Advertisement

१५ जेठ, जापान । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको हो ।

एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् । यद्यपि केही देशहरूले यसको रोकथाम गर्न प्रतिबन्धहरूलाई बिस्तार गरेका छन् ।

Tokyo Japan

सङ्बटकाल बिस्तार गरिएका जापानी नौ प्रान्तहरू टोकियो, ओसाका, होक्काइदो, आईची, क्योटो, ह्योगो, ओकायामा, हिरोशिमा र फुकुओका हुन् । सङ्कटकाल अवधि सोमबार समाप्त हुँदै थियो ।

जापानकै ओकिनावा प्रान्तमा यस पहिले नै जून २० सम्मका लागि कोभिड–१९ नियन्त्रणका लागि प्रतिबन्धका उपायहरूलाई बिस्तार गरिएको थियो ।

कोभिड–१९ नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धहरूले रेस्टुरेन्टहरूलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवाहरू प्रदान गर्न रोक लगाएको छ । स्वास्थ्य सावधानीका लागि विद्यालयहरू बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सममेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमहरूलाई पालना गर्नुपर्ने बताइएकाे छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.