हेलम्बु गाउँपालिकाले माग्यो खोप खरिदको अनुमति
१४ जेष्ठ, हेलम्बु । कोरोना भाईरसका बिरामी बढ्न थालेपछि त्यसको नियन्त्रणको लागि हेलम्बु गाउँपालिकाले भ्याक्सिन उपलब्ध गराईदिन वा खरिदको लागि अनुमति दिन मन्त्रालयलाई अनुरोध गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोनाका विरामी दिन प्रतिदिन बढ्न थालेपछि भ्याक्सिन खरिदको अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र गरेको हो । पालिकाले आफ्ना सबै नागरिकलाई पुग्ने गरि ३० हजार खोप किन्ने योजना बनाएको छ ।
बिरामी परेका नागरिकलाई एकपटक त उपचार गरौंला तर पटक पटक विरामी पर्नु र उपचारमा लगानि गर्नु भन्दा खोप नै उत्तम विकल्प भएको गाउँपालिकाका अध्यक्ष निमा ग्लाल्जेन शेर्पाले बताउनु भयाे । ‘कि त सरकारले सबै नागरिकलाई पुग्ने गरि खोप उपलब्ध गराउनु पर्यो कि त खरिद गर्ने अनुमति दिनु पर्यो’, पालिका अध्यक्ष शेर्पाले भने ।