Advertisement

नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत

0 1,009

Advertisement

११ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस वापत ३८ लाख ४० हजार २०२ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत ९ गते सम्पन्न १५ औं वार्षिक साधारणबाट पारित गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले ३० प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो ।

बोसन शेयर कर प्रयोजनका लागि कम्पनीले १ दशमलव ४६ प्रतिशत नगद लाभांश पनि दिएको छ । यसर्थ शेयरधनीहरुले बोनस शेयरका लागि कर तिर्नुपर्ने छैन ।

बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपनि मात्र कारोबार गर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.