Advertisement

“फाेहाेर भाँडाे जति मस्काएपनि सफा हुँदैन”

0 842

Advertisement

२८ बैशाख, काठमाडाैँ । साेमबार सदनमा प्रधानमन्त्री केपी ओलीले विश्वासकाे मत मागिसकेपछि विभिन्न दलका नेताले उठाएकाे प्रश्नप्रति उत्तर दिँदै “फाेहाेर भाँडाे जति मस्काएपनि सफा हुँदैन” भन्ने शब्दले माहाैल तातेकाे छ ।

उनको यो कटाक्ष माओवादी केन्द्रप्रति र आफ्नै एमालेप्रति लक्षित थियो । विश्वासकाे मत नपाएका उनी केहि समयपछि कामचलाउ बने ।

जाने बेला सम्मको उनको आत्मबल मान्नैपर्छ । उनकाे कुराले अविश्वासी सांसदकाे पनि मन खिचेकै थियाे । उनले सदनमा उत्तर दिँदा सांसदलाई ललिपप ख्वाए, फकाए, कटाक्ष हाने र थर्काए पनि ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ दिनकाे समय दिँदै बहुमतीय प्रधानमन्त्री नियुक्त गर्ने बाटाे खुला गरिदिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सोमबार संसद्‌मा विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठन गर्न राजनीतिक दलहरुसँग आह्वान गरेकी हुन् ।

उनले यसका लागि दलहरुलाई आगामी वैशाख ३० गतेसम्मको म्याद दिएकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा सोमबार राति जारी विज्ञप्तिमा ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी’ पेस गर्न आह्वान गरिएको छ ।

संविधानको धारा ७६ को उपधारा (२) बमोजिम तीन वर्षअघि २०७४ फागुनमा प्रधानमन्त्री नियुक्त ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतको लागि राखेको प्रस्ताव पारित हुन नसकेपछि राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

काेराेनाले अक्रान्त भएकाे विषम समयमा राजनीतिक खिचातानीले झनै उग्र रूप लिँदा मानवीय स्वास्थ्यमा गम्भीर हेलचेक्राइँ हुनसक्ने अनुमान गरिएकाे छ । जनता बेड, अस्पताल, सामग्री र राहत नपाइरहेकाे याे परिस्थितिमा नयाँ सरकारकाे खेल झनै बाेझिलाे हुने देखिएकाे छ । किनकी कसैसँग स्पष्ट बहुमत छैन । जसकाे कारण यहि सरकारकाे निरन्तरता हुनेपनि चर्चा साेमबारबाटै चुलिएकाे पनि छ ।

ओलीले बहुमत पुर्‍‍याउन नसकेमा संसद् विघटन गरेर चुनावी सरकारको नेतृत्व गर्ने तयारी पनि रहेकाे उनी निकट नेताहरूकाे भनाइबाट पनि स्पष्ट हुन सकिन्छ । उनी निकट शंकर पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्, संविधानको धारा ७६ को उपधारा २ को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ३ अन्तर्गत उही प्रधानमन्त्रीलाई खोज्नुपर्ने बाध्यता छ ।’

यसबाट अनुमान सहजै लगाउन सकिन्छ कि “एकपटक ट्राइ माराैँ नभए देखाजाएगा”मा प्रधानमन्त्री रहेकाे देखिन्छ । किनकी उनले पटकपटक भनेका छन – सरकार समयसम्म स्थाई हुनुपर्छ भनेर, जसकाे चाैतर्फी तारिफ गरिएकाे थियाे र गरिन्छ ।

अन्य दलहरू र एमाले र एमाले२ भित्रकाे लडाइँले ३० गतेसम्मकाे म्यादमा फाइनल खेल्छ कि ठूलाे भेल आएर दिन लम्बिन्छ ? त्याे भने हेर्न बाँकी छ ।

काेराेना कहरले रन्थनिएका नेपाली नेताकाे याे नाटक देख्दा वाक्कदिक्क बनेकाे भएपनि केहि समय मगज भूलाउने माध्यमपनि बनेका छन् । नगर्नेकाे स्वर नै ठूलाे भनेर पचाउन थालिसकेका छन् जनता । भन्दैछन् – जाे आएपनि कानै चिरेका ।।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.