Advertisement

भारतमा सेनाका अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई करारमा भर्ना लिईंदै

0 841

Advertisement

२७ बैशाख, एजेन्सी । भारतमा कोरोना महामारी नियन्त्रणका लागि सेनाका अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई करारमा भर्ना गर्ने निर्णय गरिएको छ ।

महामारीकाबीच स्वास्थ्य प्रणाली मजबुत बनाउनका लागि भन्दै ४ सय पूर्व सैन्य स्वास्थ्यकर्मीलाई ११ महिनाका लागि भर्ना गर्न लागिएको हो ।

यस्तै अनलाइन परामर्शका लागि पनि चिकित्सकहरु भर्ना गरिने भएको छ ।

अधिकांश राज्यहरुमा संक्रमण दर दिनानुदिन बढ्नुका साथै मृत्युदर पनि उच्च हुँदै गएपछी कर्नाटक र तमिलनाडुमा आजबाट पूर्ण रुपमा लकडाउन घोषणा गरिएको छ ।

राजस्थानमा आगामी २४ मे सम्म लकडाउनका अवधि बढाइएको छ ।

देशव्यापी लकडाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाब बढ्दो छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या चार लाख नाघेको छ ।

भारतमा कोरोना कारण हालसम्म २ लाख ४६ हजार १ सय बढीको मृत्यु हुँदा २ करोड २६ लाख ६२ हजार ४ सय बढी संक्रमित छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.