Advertisement

दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आयो, प्रयोग भएन

0 530

Advertisement

२७ बैशाख, जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए । दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिए ।

ड्रागन मेडिटेक प्रालि सुर्खेतले रु २९ लाखमा उक्त प्लान्टे खरिदको गरेको थियो । बायोमेडिक इन्जिीनीयर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए ।

शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आफूहरुसँग बायोमेडिक इन्जिनीयर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ । हाल कार्यालयमा थन्किएर राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत अक्सिजन दिन सकिने डा मेलिना हमालको भनाइ छ ।

यो पनि पढ्नुहोस् : 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.