Advertisement

लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुन:अविश्वासकाे प्रस्ताव दर्ता

0 334

Advertisement

२६ बैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र), नेपाल काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

यस्तो प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेको विपक्षी गठबन्धनले जनाएको छ । प्रस्तावमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नया“ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएका उनीहरुले जनाएका छन् । प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदन समेत गरिएको छ ।

यसअघि बैशाख ६ मा पनि गठबन्दनका ४१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वास प्रस्ताव सहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा विशेष अधिवेशन बोलाउनुभएको थियो ।

विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो ।

विशेष अधिवेशन अन्त्य भएलगत्तै मुख्यमन्त्री पोखरेल उसैदिन पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । २ प्रदेश सभा सदस्यको राजीनामा र एक जनाले पार्टी परिवर्तनपछि हाल एमालेमा ३८ सभासद छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.