Advertisement

पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट निधन

0 613

Advertisement

२५ बैशाख, काठमाडौं । कोरोना संक्रमण भएका पत्रकार दिनेश दाहालको मृत्यु भएको छ। ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत दाहालको आज बिहान मृत्यु भएको हो।

वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेनमा बसेका थिए।श्वास फेर्न समस्या भएपछि दाहाललाई वैशाख १५ गते अस्पताल भर्ना गरिएको थियो।

उनी दुई दशकदेखि पत्रकारितामा संक्रिय थिए। उनी जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए। त्यसपछि सीपोस्ट न्यूज डटकमका सम्पादक र प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए।

नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै उनको निधनमा शोक प्रकट गरेको छ।

तेक्वान्दोका प्रशिक्षक असोक खड्काले भने पहिलो नेपाली तेक्वान्दो गीतका चर्चित गायक एबम नेप्लिज तेक्वान्दो एकेडेमिका उपाध्यक्ष आदरणिय पत्रकार दिनेश दाहाल दाइ हामी माझ रहनु भयन , यो अकल्पनिय घटना प्रती हामी सम्पुर्ण तेक्वान्दो परिवारको तर्फबाट सोक समतप्त परिवारजन प्रती गहिरो समबेदना ब्यक्त गर्दछौ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.