Advertisement

जिएचसीए ‘बी’ लाई यु–१३ क्रिकेट उपाधि

0 553

Advertisement

११ बैशाख, काठमाडौं ।
ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ‘बी’ ले एभरफन यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को उपाधि शुक्रबार जितेको छ ।
टस जितेको फाइनल प्रतिद्वनद्वी ओसिसले जिएचसीएलाई ब्याटिङको निम्तो दिएको थियो । एन्जल्स नेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा जिएचसीएले ओसिसलाई ४२ रनले पराजित ग¥यो ।

जिएचसीएले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११३ रनको योगफल खडा ग¥यो । जिएचसीएले १६ अत्तिरिक्त रन प्राप्त ग¥यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाए ।


‘म्यान अफ द म्याच’ सार्थक विष्टले अविजित ४४, किशोर ओलीले १४ र इशान श्रेष्ठले ११ रन जोडे । ओसिसका रोहित शर्माले ४ ओभरमा १२ रन खर्चदै ३ विकेट हात पारे भने निराजन उप्रेतीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । काभ्या बाँस्कोटा र राजु विकले १–१ विकेट चट्काए । २ ब्याट्सम्यान रन आउट भए ।

प्रत्युत्तरमा ओसिसले १७ ओभरमा अलआउट हुनुअघि ७१ रन बनायो । निराजन उप्रेती र आशुतोष शाहले समान १२ तथा रोहित शर्माले १० रन जोडे । ओसिसले १९ रन अत्तिरिक्त रनका रुपमा पाएको थियो ।

बलिङतर्फ जिएचसीएका वंश क्षेत्रीले ३ ओभरमा १० रन खर्चदै २ विकेट लिए । त्यत्ति नै विकेट लिएका गोकुल अधिकारीले ४ ओभरमा १४ रन दिए । निश्चल केसी, प्रचित कुँवर र सार्थक विष्टले १–१ विकेट हात पारे । २ खेलाडी रन आउट भए ।

प्रतियोगितामा उपाधि विजेता जिएचसीएका वंश क्षेत्री ‘म्यान अफ द सिरिज’ घोषित भए । प्रतियोगिताभर वंशले ८ विकेट लिनुसाथै १२८ रन प्रहार गरे । एन्जल्स स्कुलका युवराज खत्री उत्कृष्ट ब्याट्सम्यान र बलर चुनिए । एन्जल्स हार्ट माविका सन्दिप साउद उदीयमान खेलाडी ठहरिए । विजेता जिएचसीएका आर्यन शाह उत्कृष्ट प्रशिक्षक बने ।

उत्कृष्ट सबैले सुविसुबाट ४ महिनाका लागि निःशुल्क इन्टरनेट सेवा पुरस्कार स्वरुप पाए । दुई विधामा उत्कृष्ट भएका युवराजले थप ४ महिना गरी ८ महिनाका लागि इन्टरनेस सेवा पाए ।


विजेतालाई एन्जल्स हार्ट एजुकेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स स्पोर्ट्स एकेडेमीका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर थापा, एभरफन चोकोलेटका प्रबन्धक विमल कुँवर, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा र निर्देशक विकास शाहीले एक कार्यक्रमबीच पुरस्कृत गरे । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा बैशाख २ गतेदेखि सुरु प्रतियोगितामा मोफसलको १ सहित ८ टिम सहभागी थिए ।

फाउन्डेसनलाई खेलाडी संघको सहयोग


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले कलाकार सीताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार १ लाख रुपैयाँ सहयोग गरेको छ ।

फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट शंगशालामा राखिने कुर्सी मध्ये १ कुर्सी खरिद गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले एनएनआईपीएले १ लाख रुपैयाँ उपलब्ध गराएको हो । फाउन्डेसनले रंगशाला निर्माणमा सहयोग जुटाउने उद्देश्यले केहि समयअघि रंगशालामा राखिने कुर्सी मध्ये १ कुर्सीका लागि सहयोगकर्ताको नाम राख्ने गरी सो अभियान चलाएको थियो ।

एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले १०१ नम्बरको कुर्सी उपलब्ध गराइ दिन आग्रह गर्दै अध्यक्ष कट्टेललाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । एनएनआईपीएले गत फागुन ८ गते आयोजना गरेको अवार्ड कार्यक्रमबाट बचेको रकमबाट उक्त सहयोग फाउन्डेसनलाई उपलब्ध गराएको हो । एनएनआईपीएले यअसघि पनि फाउन्डेसनलाई सेन्टी भाइरसको प्रिमियर सोबाट वचत भएको रकमबाट ६० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

अध्यक्ष श्रेष्ठले कुर्सी खरिद गर्ने भन्दा पनि भावनात्मक रुपमा अभियानसंग जोडिन सहयोग गरेको बताउदै सम्पूर्ण खेल संघका साथै सबैलाई गच्छे अनुसार अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरे ।ह

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले कलाकार सीताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग ग्रहण गर्दै


एनएनआईपीएका मानार्थ अध्यक्ष दीपक विष्टले सीमित श्रोत र साधनका बावजुद खेलाडी संघले फाउन्डेनको पुण्य कार्यमा सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

अध्यक्ष कट्टेलले खेलाडीको वृत्ति विकास र सरकारलाई सहयोग गर्न रंगशाला निर्माणको कार्य थालनी गरेको बताउदै क्रिकेट रंगशाला भएपनि रंगशाला हातामा विभिन्न मुख्य २२ खेल विधाका संरचना पनि निर्माण गर्ने योजना रहेको बताए । उनले सबैको साथ र सहयोगले मात्र निर्माण कार्यले पूर्णता पाउने बताउदै हरेक खेलाडीले मेरा, हाम्रो रंगशाला हो भन्ने महशुश गरी सम्पूर्ण खेलाडीलाई यो अभियानमा जोडिन अनुरोध गरे । उनले हरेश नखाइ र निराश नभइ विषम परिस्थतिमा पनि निर्माण कार्यलाई अगाडि बढाएको बताउदै सहयोगका लागि एनएनआईपीएलाई धन्यवाद दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.