Advertisement

आज थपिए कोरोनाका ५३४ नयाँ सक्रंमित : विद्यालयसहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

0 420

Advertisement

०२ बैशाख, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ५३४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३ हजार ५८८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४९० जनामा र ५६४ जनाको एन्टीजिन परीक्षण गर्दा ४४ जनामा गरी कुल ५३४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या हालसम्म २ लाख ८२ हजार ५४ पुगेको छ।

पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा मात्रै १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको । जसमा १४५ जना काठमाण्डौका, ४३ जना ललितपुर र ८ जना भक्तपुरका छन्।

यो अवधिमा १५७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ५ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ३ हजार ६६ पुगेको छ।

यसैबीच कोरोना जोखिम बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले विद्यालयसहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न पुनः अपिल गरेको छ।


मन्त्रालयले कोरोनाबाट अतिप्रभावित जिल्लाहरुमा विद्यालयसहित बढी मानिस जम्मा हुने ठाउँमा भीडभाड कम गर्न अपिल गरेको हो। भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले हालसम्म निर्णय नभएकोले सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

त्यस्ता क्षेत्रमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न पनि मन्त्रालय आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.