Advertisement

सुकदेव र ज्योति ओभरअल विजेता

0 1,615

Advertisement

३० चैत, काठमाडौं । सुकदेव कार्की र ज्योति थापा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा ओभरअल विजेता बनेका छन् । सुकदेव पुरुष तथा ज्योति महिलातर्फ च्याम्पियन बनेका हुन् ।

नेपाल पावर लिफ्टिङ संघद्वारा आयोजित प्रतियोगितामा सुकदेव र ज्योति आ–आफ्नो स्पर्धामा पनि पहिलो भए । सुकदेव ५९.१–६६ केजी तथा ज्योति ६० केजीमुनि तौलसमूह पहिलो भए । दुवैले ओभरअल विजेता बनेवापत ५१ हजार नगद पुरस्कार हात पारे । स्पर्धामा पहिलो भएवापत दुवैलाई छुट्टै जनही १० हजार नगदबाट पुरस्कृत गरियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमुनि हर्क राई, ६६.१–७४ केजीमा रविन राई, ७४.१–८३ केजीमा ओजशचरण जोशी, ८३.१ देखि ९३ केजीमा आदित्य चौधरी र ९३ केजीमाथि डा. मोहित कार्की पहिलो भए ।

महिला ६० केजीमाथि सुजिता मानन्धरले शीर्ष स्थान हात पारिन् । पुरुष भेट्रानको ४०–५० वर्षमा टेकेन्द्र गुरुङ तथा ५० वर्षमाथि राजकुमार घजु पहिलो बने ।

१० स्पर्धामा समावेश प्रतियोगिताको हरेक स्पर्धामा पहिलो हुनेलाई १० हजार, दोश्रोलाई ५ हजार र तेश्रोलाई ३ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक समितिका सचिव सुरेश सुवेदीले जनाएका छन् । एकदिने प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी १ सय १ खेलाडी सहभागी थिए ।

अमेरिकामा बस्दै आएका पावर लिफ्टिङका मास्टर्सतर्फका दुई पटकका विश्व च्याम्पियन स्व. रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । नेपालमै रहेका बेला केहि महिनाअघि उनको हृदयघाटका कारण निधन भएको थियो ।


रोम र स्यामा पहिलो

बागेश्वरीका रोम स्यामा र महेन्द्रकी तनिशा भैल भक्तपुर जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि सञ्चालित छनोट प्रतियोगिताको तेक्वानदोमा आइतबार पहिलो भएका छन् । छात्र ३२–३५ केजीमा रोम र छात्रा २९–३२ केजीमा तनिशा पहिलो भएका हुन् ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ३५–३८ केजीमा लिशाका विजय लामा, ३८–४१ केजीमा पुकार जोशी र एकल पुम्सेमा अक्सफोर्डका वविन्स सतशंकरले स्वर्ण जिते । छात्रा ३२–३५ केजीमा पारागनकी जेनिफर दुवाल, ३५–३८ केजीमा समताकी ईशा राई र एकल पुम्सेमा अक्सफोर्डकी सोनिया तामाङ पहिलो भए ।

उसुको छाङछ्वानतर्फ छात्रमा महेन्द्र शान्तिका लजन सिन्जाली मगर र छात्रामा मेघाकी मनीता कोजु, नान्छ्वानको छात्रमा मनोरमका सुवेश खिउजु र छात्रामा जेसिसकी कसिस गोथे तथा ताइची छ्वानको छात्रमा आदर्श जनप्रेमीका तोवित हाङ राई र छात्रामा जेसिसकी अदिती विर्वलले शीर्ष स्थान हात पारे । तेक्वान्दो र उसुमा पहिलो हुने सबै खेलाडी केन्द्रीय प्रतियोगिताका लागि छनोट भएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार कराते, कबड्डी र टेबलटेनिसको खेल हुने आयोजक समितिका कार्यालय प्रमुख बाबुकाजी (विके) श्रेष्ठले जनाएका छन् ।
सरोजलाई दोहोरो स्वर्ण
भारतका सरोज गुरुङले दोश्रो इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन् ।
राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ३१ वर्षमाथि एकल पुम्से र सोही उमेरसमूहको टिम पुम्सेमा सरोजले स्वर्ण जिते । टिममा सरोजसहित त्रिलोक सुब्बा र राधाबहादुर तामाङ थिए ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुम्सेतर्फनै महिला १८–३० वर्षमा बोधीसदन तेक्वान्दो डोजाङकी सविना भट्टराई, पुरुष ४१–५० वर्षमा टीसीएन तेक्वान्दो डोजाङका मानबहादुर वाइबा र पुरुष ५१ वर्षमाथि भारतका त्रिलोक सुब्बाले स्वर्ण जिते ।


प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । सदस्य–सचिव सिलवालले पहिलो दिनका विजेतालाई पुरस्कृत समेत गरेका थिए । उद्घाटनका अवसरमा राष्ट्रिय तेक्वान्दो संघ नेपालका वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, उपाध्यक्षद्वय प्रेम भुजेल र ध्रुवबहादुर गुरुङ, महासचिव राजकुमार कार्की, प्रमुख प्रशिक्षक हरिबहादुर बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा नेपालबाट ४ सय ४० र भारतबाट ६० गरी ५ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.