Advertisement

अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

0 797

Advertisement


३० चैत, सिरहा । अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहान नगरपालिका-२३ गाढिया चोकमा सुन चाँदी पसल संचालन गरी बस्ने सोही नगरपालिका-२२ सिसवनीका ४५ वर्षीय प्रदिप मिझारको आइतबार बिहान मृत्यु भएको छ ।

अपरिचित ६/७ जनाको समूहले सुन चाँदी पसल गरी बसेको घरको ढोका फलामको हम्मर र छिनोले फोडी चोरी तथा लुटपाट गर्न लाग्दा उक्त समूहसँग प्रतिकार गर्दा उनीहरुले प्रदिपलाई गोली प्रहार गरेको तथा प्रदिपकै श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई खुकुरी प्रहार गरी घरभित्र रहेको ३ तोला सुन, ७ केजी चाँदी, महिलाले खुट्टामा लगाउने दुई जोर ६० तोला चाँदीको काडा र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरी फरार भएका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले घटनामा संलग्न लहान नगरपालिका-७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाट भाग्दै गरेको अवस्थामा १ थान फलामको छिनो सहित र सोही नगरपालिका-२३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई समेत पक्राउ गरेको छ ।

घटनामा गम्भीर घाइते भएका प्रदिपको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साथै घाइते अनिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा समेतबाट खटिएको प्रहरीले घटना संलग्न हाल फरार अन्य व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.