Advertisement

अवैध लागूऔषध सहित पक्राउ

0 475

Advertisement


२२ चैत, सुनसरी । सुनसरी, धरान उपमहानगरपालिका-१५ ज्ञानचर्च मार्गबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने खोटाङ दिप्रुङ गाउँपालिका-४ घर भएका २१ वर्षीय मिलन राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै महोत्तरी, औरही नगरपालिका-४ कठुधारबाट नियन्त्रित लागूऔषध फेनारागन ५८ एम्पुल, नुर्फिन ६२ एम्पुल, डाइजेल्याब ६० एम्पुल र नाइट्राभेट १२ ट्याबलेट सहित गौशाला नगरपालिका-२ निगौल बस्ने १४ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश ०२-०२३ प ५७७१ नम्बरको स्कुटरलाई अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै उक्त लागूऔषध ओसारपसार गर्न लगाउने भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१ मुरारीखोला घर भएका ३३ वर्षीय प्रेम तामाङ र स्कुटर चालक आशिष चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

कास्की, पोखरा महानगरपालिका-३० गगनगौंडाबाट अवैध लागूऔषध २ किलो गाँजा सहित चितवन कालिका नगरपालिका-३ गैराबारी बस्ने २० वर्षीय नबिन गुरुङ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ग.२० प १३६६ नम्बरको स्कुटरलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस् :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.