Advertisement

नवनियुक्त प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

0 443

Advertisement

२२ चैत, काठमाडौं । गत चैत २० गते खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सोही प्रतियोगिताद्वारा नवनियुक्त भएका खुलातर्फका ३६ जना प्रहरी निरीक्षकहरुलाई नियुक्तिपत्र समेत प्रदान गर्नुभयो ।

२०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७७ चैत ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय १३ जना र खुलातर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण हुनुभएको छ । जसमा १४ जना महिला हुनुहुन्छ ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी उहाँहरु प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो ।


दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी पेसा सामाजिक पेसा भएकोले गर्व गर्न अनुरोध गर्दै संगठनको चरित्र र त्यस अनुरुप बहन गर्नुपर्ने जिम्मेवारीप्रति सजग भई मानवोचित व्यवहार र कर्मका साथ संगठनमा प्रवेश गर्न स्वागत गर्नुभयो । संगठनको साखलाई अझै बढोत्तरी गर्न अनुसाशित, मिहेनत, उत्कृष्ट व्यवहारका साथ संगठनको सकारात्मक परिवर्तनको लागि योगदान पुर्‍याउन नवनियुक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आग्रह गर्नुभयो ।

नागरिक जिवनबाट प्रहरी पेसामा आउने नवनियुक्त प्रहरी निरीक्षकहरूप्रति संगठनको ठूलो आशा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले गलत अभ्यासहरूलाई आत्मसाथ नगर्न तथा आफूमा भएका सद्‍गुणहरूलाई जगेर्ना गर्दै सफल ढंगले तालिम सम्पन्न गर्नुपर्ने बताउनुभयो । साथै नवनियुक्त भएका विभागीय प्रहरी निरीक्षकहरूले प्राप्त गर्ने जिम्मेवारी अनुसारको काम लगनशील भएर सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.