Advertisement

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापा इतिहासकै खराब सल्लाहकारः सर्बसाधारण

0 2,014

Advertisement

२२ चैत, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भावविह्वल भई रोएको फोटोसहित ‘लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तै पनि पुनरावलोकनको रोइलो सकिएको छ’ लेखेका थिए। 

थापाले सर्वोच्च अदालतले नेकपा खारेजीको फैसला पुनरावलोकनको माग राखेर प्रचण्डको निवेदनमाथि यसअघि कै फैसलालाई सदर गर्दै पुनरावलोकलन नहुने आदेश दिएपछि व्यंग्य गरेका थिए।  

तर उक्त पोस्टप्रति निकै आलोचना हुन थालेपछि थापाले असंवेदनशील पोस्ट हटाएका हुन्। थापाले एकातिर अदालतको आदेश र अर्कातिर दाहालको भावविह्वल भएको तस्बिर राखेका थिए।

छोरा प्रकाशको निधन हुँदा रोएको तस्बिरसँग थापाले सर्वोच्चको फैसला जोडेर फोटो बनाएका थिए। तर यस पोस्टप्रति धेरैले आलोचना र टिप्पणी गरेका थिए। थापाले हाल उक्त पोष्ट हटाएर फैसला भन्दै सर्वोच्च अदालतको आदेशको फोटो राखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई आम नागरिकले खासै न रुचाएकाे र विवादित पाेष्टकाे धेरै अगि-पछि लाग्ने गरेकाे सामाजिक सञ्जाल प्रयाेग कर्ताकाे आराेप छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सानाे पद भने हाेइन। प्रेस सल्लाहकारकाे मर्यादा बिपरित सामाजिक सञ्जालमा पाेष्ट गर्नु, विभिन्न अभिबेक्ति दिदै हिड्नुले प्रधानमन्त्री जस्ताे पदकाे अपमानकाे तिताे अनुभुति आभास गराउँछ। प्रधानमन्त्री प्रेस सल्लाहकार सबैका मनमा बस्नु पर्ने अवश्थामा तर प्रेस सल्लाहकार सूर्य थापा भने धरै आलाेचनाकाे पात्र बनेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.