Advertisement

राखेप कर्मचारीद्वारा आर्थिक सहयोग वितरण

0 2,304

Advertisement

१३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक स्व. सुदेशकुमार रिमालको परिवारलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण गरिएको हो । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. रिमालकी धर्मपत्नी रश्मीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

भलिबलका वरिष्ठ प्रशिक्षक समेत रहेका रिमालको गत पुस ११ गते निधन भएको थियो । राखेपमा वाहल रहेकै अवस्थामा कुनैपनि कर्मचारीको मृत्यु भएमा स्थायी कर्मचारीको एक महिनाको १.५ प्रतिशत तलब कट्टा गरी परिवारलाई विगत १० वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउदै आइएको छ ।

अधिकारी र घिमिरेको बिदाइ

उमेर हद ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखा अधिकृतद्वय टेकबहादुर अधिकारी र ज्ञान घिमिरेलाई शुक्रबार बिदाइ गरिएको छ ।

आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीहरुले उनीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अवकास जीवन शुखमय वितोस् भनी शुभकामना दिदै बिदाइ गरे ।

राखेपमा अधिकारीले ३३ वर्ष तथा घिमिरेले करिब २५ वर्ष सेवा गरे । अधिकारी गत माघ १० गते तथा घिमिरे गत मंसिर ८ गते अनिवार्य अवकास भएका थिए

केन्द्रकी रजितालाई स्वर्ण

केन्द्रीय डोजोकी रजिता ढुंगेलले चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् ।

नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला ६० केजीमाथि फाइनलमा रजिताले भक्तपुरकी ननिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

महिला २० केजीमा एम्सकी सविरा नेपाली, २५ केजीमा वादोकाइकी प्रतिक्षा तामाङ, ३० केजीमा इचङकुकी सन्ध्या महत, ३५ केजीमा नरहरिपुरकी खुशी अधिकारी, ४० केजीमा भक्तपुरकी सरिता तामाङ, ५० केजीमा वादोकाइकी पुष्पका लामा, ५५ केजीमा केन्द्रकी सोनु श्रेष्ठ र एकल कातामा केन्द्रकी सर्मिला श्रेष्ठले स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमा इचङकुका युनिक तामाङ, २५ केजीमा केन्द्रका श्रृदेश चन्द, ३० केजीमा केन्द्रका एओन गहतराज र एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धरले पहिलो स्थान हात पारे ।

प्रतियोगिताको हामा गु्रप र हामा स्टिल्सका अध्यक्ष बालाकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा करातेकर्मी राजेन्द्र कपाली, सूर्यबहादुर तामाङ, सञ्जय रन्जित र राजेन्द्रकुमार क्षेत्रीलाई सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा २ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक छाउनीका अध्यक्ष महेश रन्जितले जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.