Advertisement

कार्यालय समयमा सरकारी कर्मचारीलाई मोबाइल चलाउन नदिन अदालतको आदेश

0 216

Advertisement

०५ चैत्र, दक्षिण भारत दक्षिण भारतको मद्रास उच्च अदालतले सरकारी कर्मचारीहरूलाई कार्यालय समयमा कार्यालय परिसरभित्र मोबाइल फोन र क्यामेराको प्रयोगमा प्रतिबन्ध लगाउन तमिल नाडु राज्य सरकारलाई निर्देशन दिएको छ ।

स्वास्थ्य विभागका एक कर्मचारीको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश एस.एम. सुब्रमण्यमले यस्तो आदेश दिएका हुन् । उनले यस सम्बन्धमा नियम बनाउन र दोषी सरकारी कर्मचारीलाई कारबाही गर्न प्रदेश सरकारलाई निर्देशन समेत दिएका छन् ।

सरकारी कर्मचारी, डीएस राधिकाले दायर गरेको निवेदनको सुनुवाइ गर्दै अदालतले यस्तो निर्देशन दिएको हो ।

कार्यालय समयमा बारम्बार मोबाइल फोन प्रयोग गरेको र सहकर्मीको भिडियो खिचेकाले निलम्बनमा परेपछि राधिकाले अदालतमा मुद्दा हालेकी थिइन् । अदालतले यथाशीघ्र छानबिन गरी निष्कर्ष निकाल्न अधिकारीहरूलाई निर्देशन दिँदै राधिकाको निवेदन खारेज गरिदिएको छ ।

उनका अनुसार सरकारी विभागहरूमा कार्यरत अधिकारीहरूलाई व्यक्तिगत प्रयोजनका लागि कार्यालयभित्र मोबाइल फोन चलाउन दिनु हुँदैन र अत्यावश्यक परेका बेला वरिष्ठहरूबाट अनुमति लिएर मात्रै फोन गर्ने वा उठाउने गर्नुपर्छ ।

न्यायाधीश सुब्रमण्यमको रायमा कर्मचारीले कार्यालय प्रवेश गरेसँगै मोबाइल फोन कि त स्विच अफ गर्नुपर्छ वा भाइब्रेसन-साइलेन्ट मोडमा राख्नुपर्छ ताकि छेउका कर्मचारी वा सेवाग्राहीलाई कुनै डिस्टर्ब नहोस् । यसलाई उनले सरकारी कार्यालयहरूमा पालना गरिनुपर्ने सामान्य अनुशासनका रूपमा अर्थ्याएका छन् ।

द हिन्दुका अनुसार कार्यालयभित्र कर्मचारीले मोबाइल क्यामरा बारम्बार प्रयोग गर्दा सेवा प्रवाहमा अवरोध पुग्ने र त्यसले गडगडी निम्त्याउने सुब्रमण्यमको ठहर छ । राज्य सरकारले यस विषयमा गम्भीर चासो दिन आवश्यक रहेको र कार्यालय समयमा सबै कर्मचारीका मोबाइल फोनहरू एक ठाउँमा राख्नुपर्ने भन्दै सबै निकायमा सर्कुलर वा निर्देशन जारी गर्न उनले आदेश दिएका छन् ।

न्यायाधीसले सरकारी कार्यालयमा मोबाइल फोनको प्रयोगसम्बन्धी आवश्यक कार्यविधि बनाइनुपर्ने र त्यो पालना नगरे अनुशासन तोडेको मानिने बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.