जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकार र आयोग सहमत
१८ माघ, काठमाडौं । स्थानीय तहको चुनाव जेठ ४ गते एकै चरणमा गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारी सहमत भएका छन् ।
आज दिउँसो बालुवाटारमा भएको छलफलमा एकै चरणमा जेठ ४ मा निर्वाचन गर्ने सहमति जुटेको आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।