Advertisement

ओमिक्रोनका कारण जापानले सबै विदेशी यात्रुमाथि रोक लगायो

0 493

Advertisement

१३ मंसिर, काठमाडौं । जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताए ।

जापानमा देखिन सक्ने सबैभन्दा खराब अवस्था नियन्त्रणका लागि पूर्वसावधानी स्वरुप यो कदम चालेका हौं,’ किशिदाले भने । मंगलबारदेखि विदेशी यात्रुलाई प्रवेशमा रोक लगाइने उनको भनाइ थियो ।

त्यस्तै, किशिदाले मानिसहरूलाई नयाँ ओमिक्रोन भेरियन्टबारे थप विवरण नआइन्जेलसम्म मास्क लगाउन र भाइरसविरुद्धका अन्य आधारभूत नियम निरन्तर पालना गर्न समेत आह्वान गरेका छन् ।

यसै महिनाको सुरुमा जापानले आफ्नो अन्तर्राष्ट्रिय सीमाना खुकुलो पार्दै छोटो समयका लागि व्यापारी, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश गर्न दिने बताएको थियो । तर पछिल्लो निर्णयसँगै सीमानामा पुन: कडाइ हुने भएको छ ।

नयाँ कोरोना भेरियन्ट फैलिन थालेपछि विभिन्न मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाइ गर्न थालेपछि जापानले पछिल्लो निर्णय लिएको हो ।

यसअघि इजरायलले आइतबार सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । त्यस्तै मोरक्कोमा आजदेखि अन्य मुलुकबाट हुने सबै उडान बन्द गरिँदै छ । बेलायत, अमेरिकासहितका विभिन्न मुलुकले दक्षिण अफ्रिकी मुलुबाट हुने यात्रामाथि प्रतिबन्ध लगाइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.