Advertisement

पोखरामा थपिँदै नयाँ पुस्ताका रक्तदाता

0 762

Advertisement

१३ मंसिर, गण्डकी । पोखरामा नयाँ रक्तदाता थपिनेक्रम बढेको छ । रक्तदानप्रति बढ्दो जनचेतनासँगै नयाँ पुस्ताका रक्तदाता थपिन थालेका हुन् । पोखरा शहर र आसपासमा दैनिक जस्तो हुने गरेको रक्तदान कार्यक्रमा सहभागी हुनेमध्येका २० देखि २५ प्रतिशत नयाँ रक्तदाताको सहभागी हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र तथा सञ्चारगृहद्वारा रक्तदान जीवन दानका बारेमा गरिएका पहलका कारण पछिल्लो समय रक्तदानप्रति विद्यार्थी तथा युवा वर्गको आकर्षण बढ्दै आएको छ ।

अठार वर्षदेखि ६० वर्षसम्म उमेर समूहका प्रत्येक व्यक्तिले वर्षमा चार पटकसम्म रक्तदान गर्नसक्ने बताउँदै उहाँले पोखरामा दैनिक ७० देखि ८० युनिट रगतको आवश्यकता पर्ने गरेको जानकारी दिनुभयो । नयाँ रक्तदाता थपिनुका साथै पुरानाले निरन्तर दिने गरेका कारण जस्तोसुकै अवस्थामा पनि यस क्षेत्रका विभिन्न सङ्घसंस्था एवं व्यक्तिको सक्रिय सहभागिता र सहयोग हुँदा आवश्यकताअनुसार रगतको व्यवस्था गर्दै आएको उहाँको भनाइ छ ।

पोखरामा एभरेष्ट मिडिया हाउसद्वारा सञ्चालन गरेको एभरेष्ट एफएम ९३ मेगाहर्ज र एभरेष्ट आवाज डटकमद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रमा ४५ जना नयाँले रक्तदान गर्दा माथि उल्लेखित तथ्याङ्कलाई पुष्टि गरेको छ ।

विशेषगरी मङ्सिर महिनामा पोखरामा हुने गरेको रगत अभावलाई परिपूर्ति गर्ने लक्ष्यका साथ आयोजित रक्तदान कार्यक्रममा कूल १८६ युनिट रगत सङ्कलन भएको थियो ।

त्यसैगरी रेडियोले दोस्रो वर्षमा प्रवेश गरेका अवसरमा यसअघि माछापुच्छ्रे गाउँपालिका–२ बाराही आधारभूत विद्यालय खाँदरजुङका ४३ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो । सो रेडियो शुभारम्भको अवसरमा गत वर्ष सामाजिक उत्तरदायित्व वहनअन्तर्गत र्नै मानवसेवा आश्रम पोखरालाई रु एक लाख ५० हजार सहयोगसमेत गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.