Advertisement

इन्डोनेशियामा भुकम्प : ३ जनाको मृत्यु, ७ जना घाइते

0 581

Advertisement

३१ असाेज, एजेन्सी । इन्डोनेशियामा पटक पटक गरी आएको भुकम्पमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भुकम्प पछी आएको पहिरोका कारण उनीहरुको मृत्यु भएको बताईएको छ ।

बाली दीप केन्द्रबिन्दु भई ४ दशमलव ८ म्याग्नेच्युटको भुकम्प गएको केही बेरमै ४ दशमलव ३ म्याग्नेच्युटको अर्को भुकम्प गएको अमेरिकी भुगर्भीय सर्वेक्षणले जनाएको छ ।

भुकम्पका कारण दर्जनौ घरहरु भत्कनुका साथै कयौं सवारीसाधनमा क्षति पुगेको छ । रातको समयमा आएको भुकम्पका बीच सर्वसाधारणमा भागदौड मच्चिएको थियो । यसअघि गत जनवरीमा ६ दशमलव २ रेक्टर स्केलको भुकम्प जाँदा १ सय ५ जनाको मृत्यु भएको थियो । जसमा ६५ सय जना घाइते भएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.