Advertisement

दसैँको तेस्रो दिन आज टिका थाप्नेक्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै

0 594

Advertisement

३१ असाेज, काठमाडौं । विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी रहन्छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा छ ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसै मनाइँदै आएको छ ।

घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कायाृलयहरु आजबाट खुल्दैछन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दसैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किनेछन् । पर्व मनाउन आ-आफ्नो पुख्याैली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम सुरु भइसकेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.