सोमबार सुनको मूल्य घट्यो, चाँदी बढ्यो
२५ असाेज, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबार सुन तोलाको १०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार १५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार १८० रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन तोलाको ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुनको मूल्य घटेपनि चाँदी तोलाको ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।