एनपीएलमा आज ब्रेक, शनिबार दुई खेल हुँदै

१३ कात्तिक, काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार कुनै पनि खेल राखिएको छैन।

भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुईवटा खेल हुनेछन्।

पहिलो खेलमा बिहान साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्नेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours