११ कार्तिक, काठमाडाैँ । नेपाल प्रिमियर लिग (एपनीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन् ।
खेलमा पोखरा विजयी सुरुआतको खोजिमा हुनेछ । पोखरोको यो प्रतियोगिताको पहिलो खेल हो । गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो । यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिमको लक्ष्य भने जित निकाल्दै अंक तालिकामा आफूलाई अगाडि बढाउने रहनेछ ।
टोलीले गत कात्तिक ९ गते भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटको पराजय भोगेको थियो । त्यसैले सुदूरपश्चिम यस संस्करण उपाधि च्यूतहुनुको पीडा भूलाउन उपाधि दौडामा आफूलाई कायम राख्ने लक्ष्यमा छ । यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे हुनेछ ।


+ There are no comments
Add yours