चार वटा प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

११ कार्तिक, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ।

बुधबार खिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ। देशका हिमाली भूभागका एकदुई स्थानमा हल्कासम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति देशभर साधारणतया बादल लागेर कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने अनुमान छ। साथै बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थान तथा कोशी र बागमतीका पहाडी, मधेस र कोशीको तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमतीका हिमाली भूभागका केही स्थान र बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशी, मधेस, बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णालीका केही स्थान तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपात तथा लुम्बिनीका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै, शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा धेरै भारी वर्षा र हिमपातको समेत सम्भावना छ।

यसैगरी, शनिबार कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुनेछ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकीका एकदुई स्थानमा धेरै भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले कात्तिक १२ गतेदेखि १४ गतेसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबारअघि नै सक्न र उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटकलाई नजान वा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

यस अवधिमा चिसो बढ्न सक्ने, पहिरो जान सक्ने तथा सडक एवं हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours