१३ कात्तिक, काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलान्चोक जिल्लामा भएको छ । रोसी मौसम मापन केन्द्रले यस क्षेत्रमा ३३ मिलिमिटर हल्का वर्षा भएको मापन गरेको छ ।
यस अवधिमा कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभावले आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


+ There are no comments
Add yours