सी र पुटिनको संयुक्त अपिल: विश्व यस्तो हुनुपर्छ

०७ जेठ, काठमाडाैँ । चिनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच वार्तापछि दुई देशले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

संयुक्त विज्ञप्तिमा रुस र चीनले समान र सन्तुलित बहुध्रुवीय संसार र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्दै अझ न्यायपूर्ण र निष्पक्ष विश्वव्यापी व्यवस्थाका लागि आह्वान गरेका छन्।

यो प्राप्त गर्न दुवै देशले अन्तर्राष्ट्रिय समुदायलाई केही आधारभूत सिद्धान्त अपनाउन आग्रह गरेका छन्। 

जुन यस प्रकार छन्:

-विश्व यस्तो हुनुपर्छ, जहाँ सबै देश मिलेर काम गरून् र सबैलाई फाइदा होस्।

-प्रत्येक देशको सुरक्षालाई समान महत्त्व दिनुपर्छ।

-विश्व निर्णयमा धेरै देशको सहभागिता होस् र व्यवस्था अझ राम्रो बनोस्। 

-विश्वका विविध संस्कृति र सोचको सम्मान

रुस र चीनले बहुध्रुवीय विश्व र न्यायपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धका लागि मिलेर काम गरिरहने उल्लेख गरेका छन्। 

शिखर सम्मेलनका क्रममा चीन र रुसले व्यापार र प्रविधिसँग सम्बन्धित २० भन्दा बढी सम्झौतामा हस्ताक्षर गरेका छन्।

सीले चीन र रुसले ‘अधिक न्यायपूर्ण र तर्कसंगत विश्वव्यापी शासन प्रणाली’लाई प्रवर्द्धन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताए भने पुटिनले आफूहरूको सम्बन्ध ‘साँच्चै अभूतपूर्व स्तर’मा पुगेको उल्लेख गरे। 

You May Also Like

More From Author

+ There are no comments

Add yours