Advertisement

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न

0 147

Advertisement

०८ असोज, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सङ्गठनको क्षमतामा अभिवृद्धि, तालिम तथा कल्याणकारी कार्यक्रम विस्तारमा जोड दिइने बताउनुभएको छ । सैनिक मुख्यालयमा भएको दुई दिने प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक समापनमा उहाँले राष्ट्र र जनताको हितका खातिर उच्च मनोबलसहित कटिबद्ध फौज निर्माणका साथ काम गर्ने उल्लेख गर्नुभयो ।

नेपाली सेनाले नियमितरूपमा सञ्चालन गर्दै आएको उक्त बैठकमा प्रस्तुतिकरण र उठान भएका विषयवस्तुमाथि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बैठकमा प्राप्त सुझावले नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न दिशानिर्देश गर्ने सेनाले विश्वास लिएको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.