Advertisement

एमिकस क्युरी उपस्थित नहुँदा सुुनुवाइ प्रभावित

0 173

Advertisement

०८ असोज, काठमाडौं । सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी)को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोज शर्माको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि एमिकस क्युरीको नामावली नआएका कारण सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले रासससँग कुरा गर्दै भन्नुभयो, “नेपाल बार एसोसिएन र सर्वोच्च बार एसोसिसनबाट दुई÷दुई जना एमीकस क्युरी बोलाउने आदेश भएको थियो, सो आदेशअनुसार नामावली प्राप्त भएको नदेखिँदा नामावली प्राप्त हुनेबित्तिकै तत्काल पेसी तोक्न आदेश भएको छ ।”

उक्त विवादमा एमिकस क्युरीका लागि नेपाल बारबाट अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई र सर्वोच्च बारले सो बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकस क्युरी पठाउने निर्णय गरेको थियो । इजलासमा एमिकस क्युरी उपस्थित नभएपछि इजलासले अन्य आदेश जारी गर्दै पेसी सारेको छ ।

अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुसाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले उक्त विवादमा गत भदौ ४ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.