Advertisement

जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने

0 892

Advertisement

१८ भदौ, एजेन्सी । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजिनामा दिनुहुने भएको छ । कोरोनाभाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उहाँले राजीनामा दिन लाग्नु भएको हो ।

प्रधानमन्त्रीको जिम्मेबारी लिएको झण्डै एक बर्षमै उहाँ जिम्मेबारीबाट बाहिरिन लाग्नु भएको हो । उहाँको पार्टीमा निर्वाचनका कारण पनि उहाँले अहिले नै बाहिरिनु पर्ने अवस्था आइलागेको देखिएको छ ।

उहाँको पार्टी लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)को निर्वाचन यही सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ । त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उहाँलाई नै सुगाले जिम्मेबारी हस्तान्तरण गर्नुपर्नेछ । त्यसैले प्रधानमन्त्री सुगाले यही सेप्टेम्बर ३० बाट प्रधानमन्त्रीको जिम्मेबारी छोड्नुहुने जनाइएको छ ।

पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री सुगाले पार्टीको निर्वाचनमा आफूले उम्मेदवारी नदिने र प्रधानमन्त्रीको जिम्मेवारी पनि परित्याग गर्ने बताउनु भएको थियो ।

प्रधानमन्त्री सुगाले पार्टीको नेतृत्व नयाँ नेतालाई दिने मनस्थितिमा बनाएको एडीपीका महासचिव तोशिहिरो निकीले जानकारी दिनुभयो । उहाँले अघिल्लो बर्षको सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री सिन्जे आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेबारी पाउनु भएको थियो । लामो समय जापानको नेतृत्व गर्नु भएका सिन्जेका अति विश्वास पात्रका रुपमा चिनिनु भएका पुराना राजनीतिज्ञ सुगाले भने झण्डै एक बर्षमात्रै जापानको नेतृत्व गर्नुहुने भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.