मेकअप दुनियाँमा फेसियल हाउसको फरक काम
१४ भाद्र, काठमाडौं । नेपालमा नम्बर १ शैलुनको रुपमा चर्चामा रहेको फेसियल हाउसले आफ्नो ब्यवसायलाई सैलुनमा मात्र सिमित राखेको छैन ।
फेसियल हाउसले नयाँ–नयाँ प्रविधिलाई आत्मासाथ गर्दै आफ्ना सेवाग्राहीलाई थप प्रभावकारी सेवा सुविधा दिदै आएको छ ।
फेसियल हाउसले आफ्नो सेवाग्राहीको सुन्दरतामा चमक भर्ने काम मात्रै गरेको छैन । फेसियल हाउसको अर्को महत्वपूर्ण पक्ष भनेको मेकअप तथा फोटो सुट पनि हो । फेसियल हाउसले विषेशत नेपाली मौलिकतालाई समेटने खालको फोटो शुट गर्ने गरेको छ ।
यस्ता फोटोले देशको पहिचान, संस्कृतिको पहिचान, नेपाली कलाको पहिचान गराउने खालको फोटो शुट गर्ने गरेको फेसियल हाउसका प्रबन्ध निर्देशक तथा बरिष्ठ सौंन्दर्यविद सुष्मा महरा बताउँछिन् ।
महराका अनुसार हरेक चाड पर्वमा त्यस्ता चावपर्वको मर्म अनुसार फोटो शुट गर्ने गरेको बताइन । यो वर्षपनि श्री कृष्ण जन्माष्टमीको अवसरमा फेसियल हाउसले भगवान श्री कृष्ण कै जस्तो बनाएर फोटो सुट गरेको छ ।
सियल हाउसले पशुपति क्षेत्रमा उक्त फोटो शुट गरेको हो । उक्त फोटो सुटमा मोडल सिमोन प्रेमा गीरीले मोडलीङ गरेको छ भने कुवेर ड्गोलले फोटोग्राफी गरेका छन् । यसको ड्रेस डिजाईनमा कुसुम बुटिक र गहनामा हुन्छ डट.कमको सहयोग रहेको छ।
फेसियल हाउसले आगामी दिनमा पनि नेपाली कला, पहिचान संस्कृती झल्कने खालका फोटो शुट गर्ने र संस्कृतिको जगेर्नामा सहयोग गर्ने महराको भनाई छ ।