Advertisement

दुई हजार ४५६ जनामा सङ्क्रमण पुष्टि, एक हजार ९२९ सङ्क्रमित निको भए

0 672

Advertisement

०१ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा दुई हजार ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५६५ वटा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, छ हजार १२४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२९ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ३५४ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार ५२८ जनाले खाेप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ८७१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७९० जना सघन कक्षमा र १९१ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.