Advertisement

ड्रेसलले जिते ओलम्पिकमा पाँचौ स्वर्ण

0 627

Advertisement

१७ साउन, एजेन्सी । अमेरिकी पौडीबाज सेलेब ड्रेसलले टोकियो ओलम्पिक २०२० मा पाँचौ स्वर्णपदक जितेका छन् । टोकियो अक्वाटिक सेन्टरमा आइतबार भएको चार गुणा १०० मिटर मिड्ले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दै ड्रेसलले स्वर्ण संख्या पाँच पुर्‍याएका हुन् ।

उनले व्यक्तिगत स्पर्धामा तीन र समूह स्पर्धामा दुइए गरी चारस्वर्ण पदक जितेका हुन् । ड्रेसलले यसअघि चार गुणा सय मिटर फ्रिस्टाइल, १ सय मिटर फ्रि स्टाइल, १ सय मिटर बटर फ्लाइमा र ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका थिए । १ सय मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका हुन् । १ सय मिटर बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

उनीसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान कायम गरेका हुन् । उनीहरुले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको कीर्तिमान तोडे ।

त्यसअघि ड्रेसलले ५० मिटर फ्रिस्टाइलमा ओलम्पिकमा कीर्तिमानसहित जारी ओलम्पिकमा चौथो स्वर्णपदक जित्न सफल भएका हुन् । ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पूरा गरे ।

२४ वर्षीय सेलेबले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडेका हुन् । फ्रान्सका फ्लोरेन्ट मानाउडोले २१.५५ सेकेण्डसहित रजत र ब्राजिलका ब्रुनो फ्रातुसले २१.५७ सेकेण्डसहित कास्य जितेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.