Advertisement

“बाघको छालामा स्यालको रजाई” गोल्छासँग करोडौं बार्गेनिङ गर्नेकाे हातमा ६५ अर्ब

0 805

Advertisement

१७ फागुन, काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गरे ।

झापाको दमकस्थित रतुवा र मावा नदीबीचको एक हजार चार सय २२ हेक्टर क्षेत्रफलमा निर्माणाधिन पार्कमा चीनले ६५ अर्ब रुपैयाँ लगानी गर्दैछ । शिलान्यास नहुँदै २ अर्ब रुपैयाँ भने सकिइसकेको स्राेतकाे दाबि छ ।

चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको हाे ।

पार्कको अध्यक्ष भने प्रधानमन्त्री ओलीकै सचिवालयमा कुनै समय रजगज गरेका गोविन्द थापा छन् । ओलीको सचिवालयमा बसेर उनले तत्कालिन धनाड्य सांसद राज्य लक्ष्मी गोल्छासँग बार्गेनिङ गरेर करोडौँ रुपैयाँ हात पारेका थिए ।

तत्कालिन नेकपा एमालेलाई ७ करोड रुपैयाँ बुझाएर सांसद भएकी गोल्छाले गोविन्द थापाले समेत आफूसँग पटक पटक पैसा लगेको बताएकी थिइन् ।

फाेटाे स्राेतः कान्तिपुर तत्कालिन नेकपा एमालेलाई ७ करोड रुपैयाँ बुझाएर सांसद भएकी राज्यलक्ष्मी

कान्तिपुर दैनिकमा राज्यलक्ष्मीले दिएकी अन्तर्वार्ताः
गोल्छाले दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘केही युवा संघ सम्बद्ध व्यक्तिहरु हुन् ।

मलाई काठमाडौं प्रवेश गरेपछि ज्यान जोखिममा हुने भन्दै धम्की दिए । यो कुरा मैले केपी सर, माधव नेपालसँग गरेकी छैन । झलनाथ खनालले सिंधै पाँच करोड सहयोग नगरे सभासद बनाउन नसक्ने कुरा गरे । त्यो बेला गंगाधर तुलाधरसँगै थिए । अनि, गोविन्द थापालेपनि १ करोड रुपैयाँ भन्दा बढी लगेका छन् । अरु कुरा सार्वजनिक गरेपार्टीमा ठूलो घाटा हुने भएकाले आवश्यक परे सार्वजनिक गरौंला ।

मसँग सबै प्रमाण छ, अहिले म सार्वजनिक गर्न चाहन्नँ तत्कालिन नेकपा एमाले सांसद राज्यलक्ष्मी

युवा संगठनका भूपाल राई, परशुराम बस्नेत र निरु पाललगायतले ६२ लाख रुपैयाँ लगेका छन् । बकाइदा लिखित रुपमा दिएका छौं । विनोद ढकाललाई २५ लाख रुपैयाँ, राजविराजका सुमन प्याकुरेल र उनकी छोरी सुज प्याकुरेल, उनकै छोरा सुयसको घरमा केपी सर गएकै बेला विनोद ढकालहरुले बार्गेनिङ गरेर ५० लाख रुपैयाँ, ऋषि पोखरेलले १० लाख रुपैयाँ लगे । त्यो क्षेत्रका केपी ओली सर्मथकलाई ५ लाख रुपैयाँ भन्दा मैले कम सहयोग गरेकी छैन ।’

प्रधानमन्त्री ओलीको सचिवालयमा तत्कालिन युवा संघका उपाध्यक्ष थापा कार्यरत रहेकाे खुलासा

तत्कालिन युवा संघका उपाध्यक्ष समेत रहेका थापा प्रधानमन्त्री ओलीको सचिवालयमा समेत कार्यरत थिए । औद्योगिक क्षेत्रसँग प्रधानमन्त्री ओलीका तर्फबाट चन्दा उठाउन खटिएका थापालाई नै ओलीले ६५ अर्बको औद्योगिक पार्कको जिम्मा लगाएका छन् ।

आइतबार झापामा आयोजित सभामा थापाले प्रधानमन्त्री ओलीलाई ‘औद्योगिक क्रान्तिका बा’ घोषणा गरे । स्रोतका अनुसार थापाले बालुवाटारमा एउटा कार्यालय नै खडा गरेर प्रधानमन्त्री ओलीको समर्थनमा अनलाइन पोर्टल सञ्चालन गरेका छन् ।

उक्त अनलाइन मार्फत औद्योगिक पार्कको विज्ञापन समेत गरिएको थियो । उक्त अनलाइनले प्रधानमन्त्री ओलीको गुणगान गाउने गरेको छ भने सत्ता विराधीको शक्तिको विषयमा अफबाह फैलाउने गरेको स्राेतकाे आराेप छ।

औद्योगिक पार्कको जिम्मा पाएका थापा कोरोना महामारीबीच सरकारले खरिद गरेको मेडिकल सामग्री प्रकरणमा समेत मुछिएकाे समाचार बाहिरीएकाे थियाे । ओम्नी समुहसँगको साँठगाठमा भएको घोटालामा उनी समेत समलग्न भएपनि कुनै कारबाही भने भएको छैन ।

उनै थापाको समलग्नतामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा समेत भद्रगोल भइरहेको स्राेतले भन्याे ।

महाप्रबन्धक सुवास सिटौलालाई ‘बाइपास’ गर्न उनले अध्यक्ष रहेका नन्द किशोर बस्नेतलाई दुई पटकसम्म विभागिय मन्त्रीलाई समेत थाहा नदई नियुक्ती दिलाएका छन् । केहीदिन अघि पनि सिटौलालाई हटाइएको थियो ।

उनको स्थानमा अध्यक्ष रहेका बस्नेतलाई नै दुवै पद जिम्मा लगाउने तयारी थियो । तर, गैरकानुनी रुपमा हटाएको भन्दै सिटौलाले अदालतको स्टे अर्डर लिएर आएका छन् । स्राेतः आन्तरीक स्राेत, बिभिन्न संञ्चारमाध्यमबाट प्रकाशित अंश, खाेज केन्द्रले तयार पारेकाे रिपाेर्टमा आधारीत।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.