Advertisement

भारत र अष्ट्रेलियाद्वारा आप्रवासन सम्झौताको घोषणा

0 23

Advertisement

११ जेठ, काठमाण्डौं । आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् ।

अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एन्थोनी अल्बानीजबीच सम्झौतामा सहमति भएको हो ।

सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुईतर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै, मोदीले भारत र अष्ट्रेलियाको सम्बन्ध सुमधुर भइरहेको पनि बताउनु भएको छ । उहाँले दुई देशबीचको सम्बन्धले विश्वमै प्रभाव पार्ने बताउनुभयो ।

क्षेत्रीय स्थिरता, विश्व शान्ति र कल्याणसँग पनि भारत र अष्ट्रेलियाको सम्बन्ध जोडिएको उहाँको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.