Advertisement

बालकृष्ण खाणको घरमा सचिवले लेखेको चिठी र बिचौलियाको घरमा हिसाब राखिएको डायरी भेटियो

0 11

Advertisement

११ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपपप्रधानन्त्री टोमबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण तथा सचिवसहित ३० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ।

प्रहरीले करिब २ महिना लगाएर गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दायर गरेको हो। अब उनीहरुको अदालतमा थुनछेक बयान हुनेछ। बयान सकिएपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भनी बहस हुनेछ।

जिल्ला न्यायाधीशले सबै पक्षको बहस सुनेपछि मुद्दाको फैसला नभएसम्म पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय सुनाउनेछन्। जिल्लाले थुनामा पठाएमा उनीहरु त्यस विरुद्ध उच्च हुँदै सर्वोच्च अदालतसम्म जान पाउनेछन्। नगएमा फैसला नभएसम्म थुनामै बस्नु पर्नेछ।

प्रहरीले अनुसन्धानका क्रममा केही व्यक्तिहरुको घर र उनीसँग जोडिएका स्थानहरुमा खनतलासी पनि गरेको थियो। प्रहरीले पूर्व गृहमन्त्री खाण, सचिव पाण्डे, गृह मन्त्रालयका पूर्व सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल लगायतलाई घरबाटै पक्राउ गरेको हो। उपप्रधानमन्त्री रायमाझीलाई भने केही दिन फरार भएर अर्कै व्यक्तिको घरमा लुकेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले यसरी पक्राउ परेका व्यक्तिमध्ये खाण, पाण्डे र सानु भण्डारीको घरबाट केही प्रमाण फेला पारेको थियो। खाणको घरबाट डायरी, सचिव पाण्डेले हिरासतमा राख्दा लेखेको पत्र र उनीहरुले प्रयोग गरेको मोबाइल पनि नियन्त्रणमा लिएको छ।

सागर राईको बालकुमारी घरबाट अगाडिको दायाँ खल्तीमा प्रयोग भएको सिमकार्ड र आइफोन एक बरामद र त्यस्तै अर्को एक थान मोबाइल पनि बरामद।

इन्द्रजित राईको ललितपुर महानगरपालिका–१२ स्थित रहेको घरबाट प्रहरीले राईको नाममा रहेको नागरिकता, श्रीमती सुमिरा कार्कीको नाममा जारी भएको सक्कल जग्गाधनी पुर्जा थान १, बैना स्वरुप गरिएको सक्कल कागज थान १, मेगा बैंकको भौचर रसिदबाट इन्द्रजित राईको नाममा रकम जम्मा गरिदिएको पुष्टि हुने भौचर तथा किराँत इन्टरनेसनल प्रालिको नाममा काटिएको पाना २ , नेपाल बैंक लिको भौचरबाट राजस्व जम्मा गरिएको भौचर र हस्तलिखित रुपमा लेखिएको एक चिट बरामद।

टोपबहादुर रायमाझीको ललितपुर महानगरपालिका–१५ स्थित खुमलहाइटस्थित घरमा तलासी लिँदा ठगी तथा संगठित अपराध मुद्दामा प्रमाण लाग्ने कुनै पनि चिज वस्तु सामान फेला नपरेको।

गोविन्दकुमार चौधरी र रामशरण केसीलाई सिभिल अस्पताल गेट नजिक सडकमा पक्राउ गरिएको र साथबाट मोबाइल र सिम नियन्त्रणमा लिइएको र अन्य विवरण प्राप्त नभएको।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.